
दाङ, १४ पुस ।
कल्भर्टभित्र छिरेर माछा मार्ने क्रममा दाङ गढवामा एक जनाको आइतबार मृत्यु भएको छ ।
दाङ गढवा गाउँपालिका–६ सर्वोदय चोकका ६६ वर्षीय ढोर्री कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए ।
आइतबार अपराह्न ४ः३० बजेतिर गढवा कालाकाटे सडकखण्डको प्रनाहा नजिक कल्भर्ट भित्र छिरेर माछा मार्ने क्रममा अक्सिजनको कमी वा चक्कर लागेर पानीमा डुब्दा मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
घरबाट ११ बजेतिर माछा मार्न भनेर आएको र कल्भर्ट आसपास र कल्भर्टभित्र छिरेर पानी फाल्दै माछा मारेको र त्यै पानीमा अनुहार नाक मुख डुबेको अवस्थामा स्थानीयहरुले देखेपछी प्रहरीलाई जानकारी गराएका थिए । मृतक कुमालको शवलाई अहिले पोष्टमर्टमका लागि लमही अस्पतालमा लगिएको छ ।



लाइभदाङ । १४ पुष २०८१, आईतवार १९:११ बजे