सामुदायिक बनद्वारा विद्यालयलाई सहयोग

तुलसीपुर,२ वैशाख । दाङको तुलसीपुर १९ स्थित नवजागरण माध्यमिक विद्यालय कुटेचौरलाई आर्थिक सहयोग गरिएको छ ।

विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनकोलागि सोही ठाउँको झरना सामुदायिक वन उपभोक्ता समितिले ६५ हजार सहयोग गरेको हो ।

खड्कबहादुर ओली ,सचिव सुशीला रोका, कोषाध्यक्ष जंगबहादुर मल्ल, सहसचिव राजकुमार विश्वकर्मा तथा रनियापुर टोलविकास संस्थाका अध्यक्ष एवम उक्त सामुदायिक वन उपभोक्ता समितिका सल्लाहकार चूर्णबहादुर पार्धेसहितको टोलीले रकम हस्तान्तरण गरेको हो ।

यसले विद्यालयलाई सहयोग पुग्ने प्रअ टंक केसीले बताए ।