
लक्ष्मण बस्नेत
दाङ, ११ पुस ।
दाङको तुलसीपुरमा आज देखि दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुर दाङको आयोजनामा अरनिको खेलमैदान तुलसिपुरमा संचालित प्रतियोगिताको नेपाली काग्रेस तुलसिपुर नगर सभापती तथा त्रिशिदेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर सभापति हमालले सभ्य समाज निर्माणमा खेलकुदको अहम भुमिका रहेको बताउनु भएको छ ।
खेलकुद स्वस्थ र अनुशासित नागरिक तयार गर्ने थलो हो यसले सभ्य समाज निर्माण र रुपान्तरणमा अहम भुमिका निर्वाह गरेकाले यसको गरिमालाई सदैव उच्च राख्नु पर्ने उहाँ ले बताउनुभयो । साथै उहाले अनुशासनको उच्च आदर्शलाई आत्मसात गर्दै आफ्नो खेल कौशल प्रदर्शन गर्न खेलाडी लाई आग्रह समेत गर्नुभयो ।
नेपाल शिक्षक संघ तुलसिपुर नगर अध्यक्ष घनश्याम डागिको स्वागत रहेको कार्यक्रममा विशिष्ट अतिथी राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश खेलकुद बिभाग प्रमुख दिपक केसी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरका संचालक राजु यरिको अध्यक्षता तथा नेपाली काग्रेस तुलसीपुर नगर सभापती सुरेश हमालको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद विभाग प्रमुख दिपक केसी र दाङ जिल्ला भलिबल संघका उपाध्यक्ष भरत कवरको विशिष्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रमको संचालन दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतले गर्नु भएको थियो । यसैबिच आज भएको उद्घाटन खेलमा रुकुम पश्चिम ले बिजयी सुरुवात गरेको छ । गुरुजजुर नमुना माबी रक्षाचौर लाई २५–१६ र २५–१९ अर्थात २(० को सोझो सेटमा पराजित गर्दै रुकुम पश्चिम ले बिजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तरगत भोलि शुक्रबारको पहिलो खेलमा अनेरास्ववियु राप्ती बबई क्याम्पस तुलसिपुर रुकुम भलिबल टिम भिड्नेछन् । खेल बिहान ७ बजे बाट सुरु हुनेछ ।
त्यस्तै दोस्रो खेलमा न्यु स्टार र जनश्रम मावि खाद्रे, तेस्रो खेलमा ग्रेट अरनिको मावि तुलसीपुर र नेपाल राष्ट्रिय युवा संघ तुलसीपुर ३ आमनेसामने हुनेछ्न् ।
नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारसंगै प्रतिभावान खेलाडीको पहिचान गर्ने उदेश्य तथा फेलोसिप ट्रेनिङ सेन्टरका पुर्व संचालक ललित बुढामगरको सम्झनामा आयोजित प्रतियोगिताको बिजेता,उपबिजेता र तृतिय स्थान हात पार्ने टिम लाई क्रमशः नगद ५०,३० र १५ हजार पुस्कार संगै कप,मेडल,प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधाका खेलाडीलाई ट्रफी,प्रमाणपत्र प्रदान गरिनेछ । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा दाङ,सल्यान,रोल्पा,रुकुम लगाएत जिल्लाका १२ भलिबल टिमको सहभागिता रहेको छ।



लाइभदाङ । ११ पुष २०८१, बिहीबार १९:२८ बजे