रुस र युक्रेन बिचको बढ्दो तनावका बिरुद्ध प्रर्दशन

सुशील बस्नेत,
दाङ,२४ माघ ।
रुस र युक्रेन बिचको विषयलाई लिएर बढदै गएको तनावलाई लिएर मानव अधिकार तथा शान्ति समाजले प्रर्दशन गरेको छ । शान्ति समाज दाङ शाखाले युद्ध भन्दा शान्तिको आह्वानका साथ तुलसीपुरमा प्रर्दशन गरेको हो ।
पछिल्लो पटक रुस र नेटो गठबन्धनका बिचको तनाव बढ्दै गएकोले बिश्वमा द्धन्द हुने सक्ने भन्दै यी दुई देश बिचको द्धन्दको ब्यबस्थापनका लागि सहजीकरण गर्न शान्ति समाजले आह्वान गरेको छ । शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले युद्ध निषेध शान्ति बिशेष अभियानको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो,रुस र युक्रेन द्धन्द प्रति अग्रसर नभई बार्ता र संम्बादका माध्यमबाट समस्या समधान गर्नुपर्छ ।
शान्ति समाज दाङका सभापति तुलसीराम सुनारको अध्यक्षतामा बिभिन्न संघसंस्था,उद्योगी ब्यबसायी,अधिकारकर्मी,सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
पश्चिमी राष्ट्रहरूको ३० सदस्यीय गठबन्धनले युक्रेनसँग जारी रुसको द्वन्द्वमा “आक्रामक अडान” वा हस्तक्षेप जारी राखेमा सैन्य कदम चाल्ने रुसले धम्की दिएको छ ।
तनाव बढ्दै जाँदा रुसले युक्रेन माथि आक्रमणको योजना बनाएको हुन सक्ने आशंका गरिएको छ ।
रुसले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ ।