
तुलसीपुर, १० पुस । अप्ष्टिमिष्ट क्लब अफ तुलसीपुरले जेब्राक्रस निर्माण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंं. ९ को सहयोग तथा अस्थायी प्रहरी चौकी बेलुवाको समन्वयमा जेब्राक्रस निर्माण गरेको हो ।
क्लबका अध्यक्ष एकराज भण्डारी तथा तुलसीपुर ९ का वडाध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम गरि तुलसीपुर ९ नम्बर वडा कार्यालय जाने बाटो, बेलुवा अटो भिलेज जाने बाटो र दमारगाँउ जाने बाटोमा बिद्यालय क्षेत्र गति सिमित लेखेको बोर्ड स्थापना साथै जेब्रा क्रसिङ निर्माण गरिएको छ ।
सवारी दुर्घटनालाइ न्युनिकरण गर्नुकासाथै पैदल यात्रु र बिद्यार्थीहरुलाइ जेब्रा क्रसिङबाट बाटो काटनुपर्छ भन्ने शिक्षा समेत प्रदान गर्ने उद्देश्य अनुरुप उक्त कार्य गरिएको हो । कार्यक्रमा नेता मुक्ती न्यौपाने, अप्टिमिष्ट इन्टरनेशनल नेपाल डाइरेक्टर एवं निबर्तमान अध्यक्ष कमल सापकोटा, अप्टिमिष्ट इन्टरनेशनल नेपालका लेफ्टिनेन्ट गभर्नर एवं अप्टिमिस्ट क्लब अफ तुलसीपुर संस्थापक अध्यक्ष मान बहादुर बस्नेत लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
त्यस अवसरमा बक्ताहरुले क्लबले छोटो समयमै गर्दै आएको कार्यप्रती उच्च मूल्यांकन गर्नुपर्ने बताएका थिए । उक्त कार्य एउटा संकेतात्मक भएको र अब स्थानीय पालिकाले ध्यान पुर्याउनु पर्ने बताएका थिए । क्लबका बरिष्ट उपाध्यक्ष मेघराज घिमिरेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव मेघराज पोख्रेलले गरेका थिए ।



लाइभदाङ । १० पुष २०८१, बुधबार १९:०२ बजे