भुस्याह कुकुर मार्न थाले बाख्रा

तुलसीपुर, ११ साउन । दाङको तुलसीपुर ७ गणेशपुरमा भुस्याहा कुकुरहरुले बाख्रामाथि आक्रमण गर्ने गरेका छन् । तुलसीपुर ७ स्थित पुनाराम भण्डारीको बाख्रालाई खोरमै गएर कुकुरहरुले आक्रमण गर्दा मृत्यु नै भयो ।

जुन बाख्राका आन्द्रा भुडी नै निस्किएका थिए । यसरी नै पछिल्लो समय भुस्याहा कुकुरहरुले हुलले बाख्रामाथि आक्रमण गर्ने गरेको किसान भण्डारीको गुनासो छ । उनका अनुसार अहिलेसम्म ५० बढि बाख्रालाई यसरी कुकुरहरुले आक्रमण गर्ने गरेका छन् ।“अहिले मेरो बाख्रालाई आक्रमण गरि मारिदियो, यो भन्दा अघि पनि यस क्षेत्रका बाख्रालाई आक्रमण गर्दा ३ वटा बाख्रा मरे”,उनले भने “अहिलेसम्म ५० बढि बाख्रामाथि यसरी आक्रमण भएको छ ।”


सोही ठाउँमा भुस्याहा कुकुरहरुले निकै नै समस्यामा पार्ने गरेका छन् । कहिल्यै मान्छेलाई आक्रमण गर्ने र बढि मात्रामा बाख्राहरुलाई आक्रमण गर्ने गरेको उनको भनाई छ । यसरी पालन गरिएका बाख्रालाई आक्रमण गर्दा किसानहरुलाई चिन्तित बनाएको स्थानीय किसान जितेन्द्र महताराले बताए ।

कुकुरहरुले टोकेका बाख्राहरुलाई रेविज विरुद्धको खोप लगाएर पनि बचाउने गरिएको छ । तुलसीपुर ७ तमाखे निवासी ७ बर्षीय रोशन चौधरीलाई विद्यालय जानेक्रममा कुकुरले आक्रमण गर्दा घाइते भए । उनलाई रेविज विरुद्धको खोप दिईएको छ । यसरी ५ जना भन्दा बढिलाई कुकुरले आक्रमण गरेका छन् । यसरी कुकुरहरुले मानिश र बाख्राहरुलाई आक्रमण गर्ने गरेका छन् ।