वाल विवाह रोक्न धर्म गुरुलाई सचेत हुनुपर्छः लामिछाने

तुलसीपुर,२० माघ । बाल अधिकारकर्मी नबराज लामिछानेले वाल विवाह रोक्न धर्म गुरु सचेत हुनुपर्ने बताएका छन् । तुलसीपुर ११ मा भएको जन्मदर्ता, वाल विवाह सम्बन्धमा धार्मिक गुरु तथा सरोकारवालाबीच भएको अभिमुखिकरण कार्यक्रममा उनले यस्तो बताए ।

वडाध्यक्ष मानबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा उनले तुलसीपुरको काकिला मन्दिर र कृष्ण मन्दिरमा नागरिकता हेरेर विवाह गर्ने निर्णय नै भएको भन्दै सबै मन्दिर तथा गाउँ–घरमा गरिने विवाहमा पनि पण्डितहरुले नागरिकता हेर्ने गर्नुपर्ने उनले बताए । “वाल विवाह गराएमा पण्डितहरुलाई पनि मुद्दा चल्छ, त्यसैले सचेत हुनुपर्छ”,उहाँले भन्नुभयो“पण्डितहरु सचेत भए वाल विवाह धेरै न्यून हुन्छ ।”

वाल विवाह गर्दा स्वास्थ्यमा पर्ने असरका बारेमा पनि नबुझ्दा यसरी बाल विवाह हुने गरेको भन्दै यसमा सचेत बनाउन आबश्यक रहेको उनको भनाई थियो ।

May be an image of 4 people and indoor


विवाह न्यूनिकरण हुन नसकेको भन्दै धर्म गुरु, पुजारी, थारु समुदायका महतवाहरुलाई अभिमुखिकरण प्रदान गर्न थालिएको हो । तुलसीपुर उपमहानगरपालिकाका महिला, वालवालिका तथा सामाजिक विकास शाखाले १९ वटै वडामा यस्तो कार्यक्रम चलाउने गरेको छ ।

उपमहानगरपालिकाका १० वटामा धर्म गुरुहरुलाई सचेत पारिने तथा अन्य वडामा ¥याली गरिनेछ ।“बालविवाह न्यूनिकरण हुन सकेको छैन”,सहायक महिला विकास निरीक्षक पुष्पा शर्माले भनिन् “त्यसैले हामीले यो अभियान चलाउने गरेका छौं ।” विवाह गराउने भनेको धर्म गुरु, पुजारी, थारु समुदायका महतवाहरुले नै रहेको भन्दै उमेर नपुगी आउने विवाहलाई रोक्नु पर्ने भन्दै सचेत बनाएको उनले बताईन् ।

उनका अनुसार विवाह गरेर आउने जोडीको नागरिकता हेरेर मात्रै आबश्यक कार्य गर्दा वालविवाह रोकिने भन्दै यसमा धर्म गुरुहरुकै बढि हात हुन्छ ।
सम्बन्धित वडाको सहआयोजना तथा युनिसेफको समन्वयमा कार्यक्रम भएको हो ।

May be an image of 6 people, people standing, people sitting and indoor