
दंगीशरण, ८ पुस ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजना तथा ईलाका प्रहरी कार्यालय हेकुलिको सहजीकरणमा नागरीक सुनुवाइ कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएकोछ ।
इलाका प्रहरी कार्यालय हेकुलिको आर्थिक बर्ष २०८१/८२ को पहिलो ७ महिनाको गतिविधि तथा प्रहरीप्रतीको नागरीकको धारणा,गुणासो तथा सल्लाह सुझाव सुन्नकालागि नागरीक सुनुवाइ कार्यक्रम आयोजना गरेको इलाका प्रहरी कार्यालय हेकुलिका प्रमुख दिग्बिजय के.सी.ले जानकारी दिनुभयो ।
नागरीक सुनुवाइ कार्यक्रम इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल सिंह ठकुरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालिको बिशिस्ट आथित्यतामा सम्पन्न भएकोहो ।
नागरीक सुनुवाइ कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले मुस्कान सहितको सेवा, समुदायमा प्रहरी साझेदारी जस्ता कार्यक्रमहरु व्यबहारतह लागुहुनुपर्ने बताउनुभयो । यस्तै अध्यक्ष गिरीले पछिल्लो समय लागुऔषधको प्रयोग बढेकोले प्रहरीले त्यसको रोकथाम र नियन्त्रणका लागि सक्रियता बढाउनुपर्ने बताउनुभयो ।
अर्को प्रसङ्गमा अध्यक्ष गिरीले अपराध अनुसन्धान र सान्ति सुरक्षा सु ब्यबस्थितगर्न गाउँपालिकाका मुख्य बाटोले जोड्ने वडा न ५/६/७ नम्वरका वडामा सि.सि.क्यामरा तथा पिटिजेट क्यामरा जडानगरी सुरक्षित दंगीशरण निर्माणमा अगाडि बढ्ने बताउनुभयो ।
नागरीक सुनवाइ कार्यक्रममाबोल्दै इलाकाप्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल सिंह ठकुरीले प्रहरी जनताको शाशक नभइ सेवकको रुपमा काम गरीरहेको बताउनुभयो । समाजमा शान्ती सु ब्यवस्था कायमगर्न प्रहरी एक्लैले गर्ननसक्ने भएकोहुदा जनताले पनि प्रहरीलाइ सहयोग र साथदिन आग्रह गर्नुभयो । सहभागीहरुले उठायका प्रस्न तथा जिज्ञासाहरुको जवाफदिदै प्रमुख ठकुरीले आफु आइसकेपछी तुलसीपुरमा जुवातास,लागुऔषध,ट्राफिक ब्यबस्थापन तथा चोरी डकैती जस्ता कुरामा कडारुपमा प्रस्तुत भएको बताउनुभयो ।
नागरीक सुनुवाइ कार्यक्रममा इलाका प्रहरी कार्यालय हेकुलिले आफ्नो कार्यक्षेत्र भित्र चालु आर्थिक बर्षमा अपराधतर्फःआत्महत्या १ चोरी बाल बिज्याइ ४ जुवातास १ लागुऔषध १ हाडनाता जबरजस्ती करणि १ वटा रहेकाछन । उजुरी निबेदनतर्फ झैझगडा ,कुटपिट ८ वटा ७ मिलापत्र १ बाकि, सामान चोरी ३ सवारी दुर्घटना ३ वटा रहेका छन ।
लागुऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रमतर्फ वहुबिबाह बालविवाह २ वटा ,आत्महत्या सम्बन्धि ३ मानब बेचबिखन सम्बन्धि २ लैङ्गकि हिंसा सम्बन्धि २ वटा रहेकाछन । नागरीक सुनुवाइ कार्यक्रमको सहजीकरण इलाका प्रहरीकार्यालय हेकुलिका प्रमुख दिग्बिजय के.सी.ले गर्नुभएकोथियो ।



लाइभदाङ । ८ पुष २०८१, सोमबार १८:२५ बजे