व्यवसाय विनाको सीपको अर्थ छैन : अध्यक्ष चौधरी

तुलसीपुर,३ असार ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष खुसीराम चौधरीले सिकेको सीपलाई व्यवसायसँग जोड्न आवश्यक रहेको वताएका छन् । सिक्नका लागि मात्रै सिक्ने सीपले मानिसको जीवनमा परिवर्तन ल्याउन नसक्ने उनको भनाई थियो ।


वडा कार्यालयको सहयोगमा तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको ब्युटिपार्लर सम्बन्धि तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले उद्यमशिलताको विकासका लागि वडाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । ‘सीप सिकाउँने मात्रै होईन व्यवसाय सञ्चालनमा पनि हामीले भुमिका खेल्नेछौ’ अध्यक्ष चौधरीले भने ।

कलेज प्रमुख वसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव गणेशकुमार आचार्य,महिला सदस्य कमला घर्ती, प्रशिक्षक शोभा शर्मा र प्रशिक्षार्थी आकृति भण्डारीले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण कलेजकी प्रशासकीय सहायक तिला ढकालले गरेकी थिइन् ।