दाङ,७ मंसिर । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्व डिभिजन कमान्डर धनबहादुर मास्की(राजेश)ले जनयुद्ध जिउदो इतिहास भएको भन्दै नामेट पार्ने अधिकार कसैको पनि नभएको बताएका छन् ।
नेकपा(माओवादी केन्द्र) तुलसीपुर १२ को तेस्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै उनले जनयुद्ध शब्द नभई आमुल परिबर्तनको बहाक भएको समेत बताए ।“जनयुद्ध शब्द मात्रै होईन्, जुन जनयुद्धबाट देशमा आमूल परिबर्तन भएको छ”, उनले भने“ २४० बर्ष देखि शासनमा बसेको एकात्मक राज्य ब्यबस्थाको अन्त्य गरेर गणतन्त्र प्राप्त गरेका छौं । आज त्यो गणतन्त्र अपमानित शब्दका रुपमा रहन पुगेको छ ।”
जनयुद्ध ब्यक्तिबिशेषलाई लक्षित गरेर नभई परिबर्तनकोलागि गरिएको महान क्रान्ति भएको समेत बताए । जनयुद्ध कुनै नाटक नभएको समेत उनको भनाई थियो ।“ हजारौं योद्धाहरुको बलिदान के नाटक थियो, शहीदको रगत पानी थियो कि के थियो ?”,उनले भने“यो मन्च मार्फत भन्न चहान्छु, यो जनयुद्ध महान शब्द थियो । समाज परिबर्तन गर्ने बाटो थियो । जनयुद्ध आफैमा एउटा क्रान्ति थियो । जनयुद्धले सबै प्रकारका बेथितिको अन्त्य गरेको थियो । जनआन्दोलन जन्मिएको थियो ।”
उनले जनयुद्धको जगमा संविधान सभामार्फत संविधान जारी गरेको बताए । जुन संविधानले नागरिकको मौलिक अधिकार स्थापित गर्नुकासाथै समानुपातिक, समावेशिताको समेत स्थापित गरेको बताए ।
साथै ठूला दुई दलले संविधानले स्थापित गरेका मौलिक अधिकारहरु कुल्चिना खोजेको भन्दै त्यो मान्य नहुँने समेत बताए ।
लाइभदाङ । ७ पुष २०८१, आईतवार २१:१० बजे