घोराहीमा हुने प्रदर्शनीको सम्पुर्ण तयारी पुरा

दाङ, २५ फागुन ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को सम्पुर्ण तयारी पुरा भएको मुल आयोजक समितीले जनाएको छ । प्रदर्शनी मुल आयोजक समितीले तयारी सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । सबै समिती तथा उप समितीहरुले आ आफनो तयारी पुरा गरेका छन् । प्रदर्शनीको उद्घाटन लुम्विनी प्रदेशका प्रमुख अमिक सेरचनले गर्ने भएका हुन । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो ।
स्थानिय उत्पादनको बजारी करण, कृषि पशुपालनको प्रवद्र्धन, पर्यटनलाई व्यवसायीकरण गदै आर्थिक विकासमा टेवा पु¥याउने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय वजारमा यहाको उत्पादित वस्तु पहिचान गराउने र स्थानिय भाषा, साहित्य कला, परम्परागत सिप, धार्मिक क्षेत्र एवम संस्कृतिको परिचय गराउदै संरक्षण एवम सम्वद्र्धन गर्ने उदेश्यले प्रदर्शनीको आयोजना गरिएको मुल आयोजक समितीका संयोजक टंकसिंह वुढाथोकीले जानकारी दिए । यस क्षेत्रमा थापित प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने, दाङ जिल्लाको आर्थिक विकास पुर्वाधार विकास सक्रियता वढाउने , योजना निर्माणमा सहयोग पु¥याउने, स्थानिय उत्पादनलाई प्राथमिक्ता दिइ राष्ट्रिय अर्थ तन्त्रलाई टेवा पु¥याउनु पर्दछ भन्ने सन्देश प्रभाव गर्ने, दाङलाइ आगामी दिनमा औद्योगिक गन्तव्य स्थल वनाइ लगानी मैत्री वातावरण निर्माणको सन्र्दभमा सरोकारवालाहरुको ध्यानाकषर्ण गराउने उनले बताए । यस क्षेत्रमा उत्पादित हुने कृषि जन्य वस्तुहरु तथा जडीवुटिहरुको वारेमा उपभोक्ताहरुलाइ जानकारी गराउदै वजारी करणमा सहयोग गर्ने, व्यवसायीक सचेतनाको अभिबृद्धि गरि गुणस्तरीय वस्तु उत्पादन र उपभोक्ता जगतमा सजकता ल्याउन ग्राहक र उत्पाादन कर्ताको प्रत्यक्ष भेट गराउने , लक्ष्मीपुर औद्योगिक क्षेत्रको विकास तुलसीपुर विमान स्थलको स्तर उन्नती, नारायणपुर विमानमा तिव्रता दिन, स्थानिय प्रदर्शनीको स्थलको निर्माणको लागि अन्र्तरक्रिया, सभागृहको पार्किङको जग्गामा अन्डरग्राउण्ड पार्किङ सहितका कम्पलेक्स निर्माणको योजना अगाडि वढाउने उदेश्य लिएको छ ।
प्रदर्शनीमा जिल्लाको आर्थिक तथा पुर्वाधार विकासका लागि अगाडि सारिएका योजनाहरुका वारेमा छलफल गरिने , योग सिवीर तथा धार्मिक प्रवचन, यस क्षेत्रवाट उत्पादित वस्तुको प्रदर्शनी, स्थानिय थारु मगर,नेवार जातीको फुड फेस्टीवल, जातिय पहिचना झल्काउने साँस्कृतिक नृत्य तथा झाँकी, साँस्कृति कार्यक्रम, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने भएको छ । त्यसैगरेर हेलीकप्टर वाट लुम्विनी तथा कार्णालीका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको अवलोकन, विभिन्न मनोरञ्जनात्मक वाल उद्यान्न समेत रहेको मुल आयोजक समितीका सह संयोजक तथा संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । प्रदर्शनी उद्घाटन पुर्व विभिन्न जातीय झाँकी सहित शोभा यात्रा हुने भएको छ । विहान संघको कार्यालय वाट विहान ११ वजे शोभा यात्रा सुरु हुने शोभा यात्रा व्यवस्थापन उप समितीका संयोजक नरेशकुमार श्रेष्ठले जानकारी दिए । शोभा यात्रामा सहभागिताका लागि सामाजिक संघ संस्था, उद्योगी , व्यवसायी , राजनितीक दल, कलाकार, नागरिक समाज, पत्रकार, विद्यार्थी, तथा सम्पुर्ण जिल्ला वासीहरुलाइ श्रेष्ठले आग्रह गरेका छन् ।
प्रदर्शनका प्रवेसका लागि साधारण टिकट ६० रुपैया, विद्यार्थीहरुलाई ४० रुपैया तोकिएको छ । भने जेष्ठ नागरिक ७० वर्ष मार्थीमा नागरिकलाइ परिचय पत्रको आधारमा नि शुल्क प्रवेस दिइने भएको छ । त्यसै गरेर अपाङग क र ख वर्गका लाइ परिचय पत्रको आधारमा नि शुल्क प्रवेस दिइने भएको प्रदर्शनी प्रचार प्रसार उप समितीका संयोजक एकनारायण पौडेलले जानकारी दिए ।
प्रदर्शनीमा ३ सय स्टल रहेको र सबै स्टलहरु स्टलहरु बुक भइ सकेको स्टल व्यवस्थाप उप समितीका संयोजक माधव खनालले जानकारी दिए । प्रदर्शनीमा प्रदेश स्तरी लोकदोहरी गित प्रतियोगीता आयोजना हुने भएको छ । प्रतियोगीतामा १० उद्योग वाणिज्य संघ अन्र्तगतका समुह सहभागिता रहेका छ । त्यसै गरेर खुल्ला कविता प्रतियोगीता समेत हुने भएको साहित्य तथा सृजना उप समितीका संयोजक जगतप्रसाद आचार्यले जानकारी दिए । प्रदर्शनीमा करिव ५ लाखले अवलोकन गर्ने र २० करोडको कारोवार हुने अपेक्षा मुल आयोजक समितीले अपेक्षा लिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिए ।