एन प्याव्सन दाङद्वारा वर्ष उत्कृष्ट तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

तुलसिपुर २९ असार ।
एन प्याव्सन दाङले आज एक कार्यक्रमको आयोजना गरि एसईई २०७९ मा उत्कृष्ट अंक ल्याउने तथा वर्ष उत्कृष्ट विद्यार्थी २०७९ का छात्ररछात्राहरुलाई सम्मान गरेको छ ।

एन प्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डागिको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा एसईई २०७९ मा छात्रा तर्फ ४ जिपिए सहित जिल्ला प्रथम हुन सफल ज्ञान ज्योति मावि तुलसीपुरकि जेनिसा सुवेदी र छात्र तर्फ ३.९५ जिपिए सहित जिल्ला प्रथम हुन सफल भएका अमृत एकेडेमी विजौरिका सागर बस्नेतलाई सम्मान गरिएको थियो ।

त्यसैगरि उत्कृष्ट जिपिए सहित जिल्ला प्रथम बनाउन सफल ज्ञान ज्योति मावि र अमृत एकेडेमिलाई समेत सम्मान गरिएको थियो । त्यसैगरि सोहि कार्यक्रममा वर्ष उत्कृष्ट विद्यार्थी २०७९ मा उत्कृष्ट अंक ल्याउने छात्ररछात्रहरुलाई समेत सम्मान गरिएको थियो । एन प्यााव्सन दाङले गत चैतमा लिएको परिक्षामा सबै भन्दा धेरै अंक ल्याउने ५ जना छात्र र ५ जना छात्रा सम्मानित भएका हुन् ।

सो अवसरमा छात्र तर्फ प्रथम हुन सफल अमृत विद्यामन्दिर शान्तिनगरका निश्चल पाण्डे ,दितिय ज्ञानज्योति मावि तुलसीपुरका दिपेन्द्र डिसि ,तृतिय लोकप्रिय विद्यामन्दिर रगैचाका किरण रावत,चौथो पि एण्ड के पाठशालाका हिमाल आचार्य र पाचौं हुनसफल पुरन्धारा एभरेष्ट एकेडेमिका रोशन केसि तथा अमृत एकेडेमिका सागर बस्नेतलाई सम्मान गरिएको थियो ।

त्यसैगरि छात्रा तर्फ राप्तिवाल एकेडेमिकि निरुता सुनार र ज्ञान ज्योति माविकि जेनिसा सुवेदि प्रथम हुन सफल भएका थिए । त्यस्तै पिपुल्स ल्याण्ड इगलिस वोडिङ स्कुल हापुरेकि बालिका वलि द्धितिय, मिडवेष्ट प्वाईन्ट एकेडेमिकि अनिमा बुढाथोकि तृतिय , जनप्रिय ई. वो.स्कुलकि रोजिना चौधरि चौथो र पि एण्ड के पाठशालाकि दिपा भण्डारि पाचौं हुन सफल भएका थिए ।


उनीहरुलाई समेत सम्मान गरिएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि डाँगीले प्रतिस्पर्धा मार्फत उत्कृष्ट हुन सफल भएकोमा बधाई दिदै आगामि दिनमा समेत उत्कृष्टता हासिल गर्न शुभ कामना दिनु भयो ।

सो अवसरमा एन प्याव्सनका केन्द्रीय सल्लाहकार गुणाखर ढकाल, जिल्ला सल्लाहकार राजेन्द्र पाण्डे, तुलसीपुर नगर अध्यक्ष शालिकराम कार्की , ज्ञान ज्योति माविका भ्वाईस प्रिन्सिपल मनोज केसी, रिपोर्टस क्ललवका अध्यक्ष शरद रेग्मी लगाएतले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

जिल्ला उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तव्यवाट शुुरु भएको कार्यक्रमको सहजिकरण ठाकुर प्रसाद डाँगीले गर्नु भएको थियो ।