प्रतिष्ठानद्वारा आँखा रोग विशेषज्ञ डा. रसाइलीलाई स्वागत

दाङ, ३ पुस । लामो समयदेखी आँखा रोगको उपचारदेखी अप्रेसनसम्म सकृय चिकित्सक आँखा रोग विशेषज्ञ डा. सुरेश रसाइलीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वागत गरीएको छ ।

प्रतिष्ठानका उपकुलपती डा. विकास लामीछानेले एक कार्यक्रमका विच डा. रसाइलीलाई टिका, खादा र मालाले स्वागत गर्नु भएको हो । रसाइलि यसअघि लामोसमयसम्म राप्ती आँखा अस्पताल रक्षचौर तुलसीपुरमा कार्यरत रहनु भएको थियो । रसाइलिले पुस १ गतेदेखी प्रतिष्ठानमा हाजिरी भई सेवा सुरु गरेको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिनु भयो ।


स्वागत कार्यक्रममा वोल्दै प्रतिष्ठानका उपकुलपती डा. लामीछानेले अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आँखा उपचारको केन्द्र बन्ने बताउनु भयो । दाङ, घोराही निवासी वरिष्ठ आँखा रोग विषेशज्ञ डा.रसाइली प्रतिष्ठानमा हाजिरी भएपछी अव प्रतिष्ठानवाट आँखाको सम्पुर्ण उपचारदेखी अप्रेसनसम्मको सेवा विरामीले पतिष्ठानमा सेवा पाउने बताउनु भयो ।