माओवादी तुलसीपुर ५ द्वारा शहीद,वेपत्ता तथा जनमुक्ती सेनालाई सम्मान

तुलसीपुर, २१ फागुन ।

नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका ५ नम्बर वडा कमिटिले सहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ । त्यस्तै पूर्व जनमुक्ती सेनाहरुलाई समेत सम्मान गरिएको हो । शनिबार एक कार्यक्रम गरि सम्मान तथा भेटघाट गरिएको थियो । पार्टीका वडाध्यक्ष बेदप्रसाद वलीको अध्यक्षता तथा प्रदेश कमिटि सदस्य चित्रबहादुर खड्का‘अनुपम’को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो ।


त्यस अवसरमा पार्टीलाई आगामी चुनाबमा विजय हाँसिल गराउन सबै सक्रिय भएर लाग्नु पर्ने बताएका थिए । त्यस अवसरमा पार्टीका इञ्चार्ज मिनराज भण्डारी,पार्टीका नेता पूर्ण रावल,नगर कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका स्वास्थ्य संयोजक धनबहादुर बुढा क्षेत्री, पूर्व जनमुक्ती सेनाको तर्फबाट नगर युवा बिभाग सचिब भिमबहादुर केसी,सहीद परिवारको तर्फबाट धनबहादुर बुढालगायतले मन्तब्य ब्यक्त गरेका थिए । उपाध्यक्ष तुलसीराम परियारले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब लोकेन्द्र खड्काले गरेका थिए ।