विकासकालागि सबै दल एक हुनुपर्छ : पूर्वमन्त्री मास्की

तुलसीपुर, २९ मङ्सिर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित निर्माण भएको आधारभूत स्वास्थ्य भवनको उद्घाटन गरिएको छ ।

भवनको शनिबार लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले स्वास्थ्य क्षेत्र सम्वेदनशील क्षेत्र भएकाले यसलाई तीनै तहको सरकारले बिशेष ध्यान दिनुपर्ने बताए । त्यस्तै उनले विकासमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।

यस अघि भाडाको भवनमा स्वास्थ्य केन्द्र थियो । तर, अहिले आफ्नै भवन निर्माण भएपछि सहज भएको वडाध्यक्ष खुसीराम चौँधरीले बताए । १२ लाखको लागतमा उक्त भवन निर्माण भएको हो ।

साथै सोही स्थानमा ल्याब सेवा समेत सञ्चालन गर्ने गरि पहल थालेको समेत बताए । अन्जय बहादुर शाहले जग्गा उपलब्ध बनाएपछि स्वास्थ्य संस्था भवन निर्माण भएको हो । तुलसीपुर १२ को हरीपौरीमा करिब ४ कठ्ठा जग्गा उपलब्ध बनाएपछि भवन निर्माण गरिएको हो ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, महिला नेत्री सुश्मा गिरी लामिछानेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

वडा सचिब गणेश कुमार आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज मोहन पौडेलले गरेका थिए ।