सरफ बनाउने तालिम सकियो

तुलसीपुर
४ फागुन / सीप सिकेर व्यवहारमा लागु गर्ने उद्देश्यका लिएर सुरु भएको सरफ बनाउने तालिम सकिएको छ । तुल्सीपुर उपमहानगरपालिका वढा नं. ६ मा.वि.सेन्टरको हलमा, सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान दाङको आयोजना र तुलसीपुर उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोगमा ८ दिने तालिम भएको हो ।

तालिम समापन कार्यक्रम सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान दाङका अध्यक्ष भीमवहादुर विश्वकर्माको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वाडनं नं १२ का वडाध्यक्ष सूर्यवहादुर डाँगीको प्रमुख आथित्यमा भएको हो ।

तालिम समापन कार्यक्रममा सहभागीको तर्फबाट सरीता पोख्रेल, मनिषा शेपाईली, संस्थाका सल्लाहकार एवं नेपाल राष्ट्रिय दलित समाजकल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य शान्ता पुन, कार्यपालिका सदस्य चित्रा मल्ल,कार्यपालिका सदस्य शावित्रा रिजाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडैल,संस्थाका सल्लाहकार तथा प्रावि अस्परी ढिकपुरका प्रअ बाबुराम विश्वकर्मा,वडा सदस्य मानवहादुुर के.सी, तुलसीपुर उपमहानगरपालिकाकी न्यायिक समिति सदस्य यमुना परियार, प्रशिक्षक विष्णु थापा, दिपा के.सी.लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा बक्ताहरुले तालिममा सिकेको कुरालाई व्यबहारमा उतार्नुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सदस्य किरण विश्वकर्माले गरेका थिए ।

तालिममा सहभागीहरुलाई सरफ वनाउन व्यवहारीक रुपमा सिकाईएको थियो साथै व्यवसाय, लघुउद्योग, उद्यमी, उद्योग दर्ता प्रक्रिया,बजार ,वजारीकरण आदिको बारेमा प्रशिक्षण गरिएको थियो । तालिममा जम्मा ४० जनाको सहभागीता रहेको थिायो । तालिमको प्रशिक्षकहरुमा विष्णु थापा र दिपा के.सी.रहेका थिए ।