
तुलसीपुर, २३ साउन । नेकपा(माओवादी केन्द्र) का क्षेत्र नं.३(क)का सदस्य मेघराज परियारलाई पितृ शोक परेको छ । उनका वुवा भरतरी परियारको उपचारको क्रममा मृत्यु भएको हो ।
६८ बर्षको उमेरमा उनको मृत्यु भएका परियारको शुक्रबार गोटीखोला घाटमा अन्त्येष्टि गरिएको हो । त्यस क्रममा माओवादी केन्द्र तुलसीपुर ५ ले झण्डा ओडाएर सम्मान गरेको छ ।
पार्टीका जिल्ला समन्वय समिति सदस्य मिनराज भण्डारी, डिल्लीबहादुर वली, वडा पार्टी इन्चार्ज बेदप्रसाद वलीलगायतले झण्डा ओडाएर सम्मान गरेका हुन् ।



लाइभदाङ । २४ श्रावण २०८२, शुक्रबार २१:२२ बजे