तुलसीपुर, २९ मंसिर ।
तुलसीपुर क्षेत्रमा भोलि (शनिबार) विद्युत नआउने भएको छ । विद्युत लाइन वरीपरीका रुखका हाँगा काट्नुपर्ने भएकाले भोलि (शनिबार) चार घण्टा विद्युत अवरुद्ध हुने भएको हो ।
तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने हापुरेदेखि तुलसीपुरसम्मको ३३ केभि लाइन र ११ केभि लाइन वरपरका रुखका हाँगा फडानी गर्नुपर्ने भएकाले लाइन कटौति गरिने तुलसीपुर वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले बताउनुभयो ।
बालापुर, सुकौरा, भमके, एयरपोर्ट, कृष्णमन्दीर , मानपुर बिजौरी र सल्यानको कपुरकोट फिडर अन्तर्गतका सम्पूणर् क्षेत्रमा विद्युत अवरुद्ध हुने उहाँले बताउनुभयो ।
यसअघि कार्तिक १८ गते साे क्षेत्रमा लाइन वरीपरीका रुखका हाँगा काट्नुपर्ने भन्दै प्राधिकरणले सुचना निकालेकाे थियाे । तर कार्तिक १७ गते राती जाजरकाेटकाे रामिडाँडा केन्द्रबिन्दु भएर भुकम्प गएपछि लाइन कटाैती स्थगित भएकाे थियाे।
लाइभदाङ । २९ मंसिर २०८०, शुक्रबार २१:१५ बजे