
तुलसीपुर, २६ मंसिर ।
श्री दीपेन्द्र माध्यमिक विद्यालय तुलसीपुर–१७ दाङका शिक्षक यज्ञ बहादुर केसीले आफ्नो जन्मदिनको अवसरमा सोही विद्यालयका शिशु देखि १० कक्षा सम्मका १२ जना विपन्न विद्यार्थीहरुलाई प्रार्थना समयमा एक कार्यक्रम गरि एक–एक सेट न्यानो कपडा वितरण गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेवा प्रसाद चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष झग्गु प्रसाद अधिकारी, विद्यालयका निमित्त प्र.अ.भुपाल आचार्यले शुभकामना व्यक्त गर्नुभएको थियो ।
यस अघि सोही विद्यालयका शिक्षक एकराज भण्डारीले आफ्नो जन्मदिन पारेर शैक्षिक सामग्री वितरण गर्नुभएको कार्यलाई निरन्तरता दिएको शिक्षक केसीले बताउनु भएको थियो भने उहाँले पनि यो कार्यलाई आगामी वर्षमा समेत निरन्तरता दिने जनाउनु भएको थियो । शिक्षक केसी ट्रेड युनियन कांग्रेस दाङका सचिव समेत हुनुन्छ ।



लाइभदाङ । २६ मंसिर २०८१, बुधबार १८:४४ बजे