टरिगाउँ एयरपोर्टमा हप्तामा तीन दिन मात्रै उडान

तुलसीपुर, ७ भदौ ।
दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा अब हप्तामा तीन दिन मात्रै उडान हुने भएको छ । चार महिना बन्द रहेको एयरपोर्टमा पुनः हप्तामा तीन दिन उडान हुने भएको हो ।

यस अघि नेपाल एयरलाईन्स र सीता एयरले पालो मिलाएर हप्ताको सातै दिन सेवा दिने गरेका थिए । तर, सीताले तुलसीपुरबाट यात्रुलाई नेपालगञ्ज लिएर छोडेपछि टरिगाउँमा सेवा दिन छोडेको थियो । त्यसयता नेपाल एयरलाईन्सले हप्तामा चारदिन सेवा दिदै आएको थियो । तर, चारमहिना यता नेपाल एयरलाईन्सले पनि सेवा दिन सकेको थिएन ।


अब एयरपोर्टमा आइतवार, बुधवार र शुक्रवार उडान हुने गरेको छ । नागरिक उड्डयन कार्यालय तुलसीपुरका प्रमुख चेतराज भट्टका अनुसार यात्रुहरुको अभाव र भाडा महंगो भएकाले पनि नियमित उडान हुन नसकेको हो । हाल ८ हजार भन्दा बढि भाडा यात्रुहरुले तिर्दै आएका छन् ।