राप्ती नदीमा बेपत्ता चौधरीको सकुसल उद्दार

तुलसीपुर
२८ साउन / दाङको राप्ती नदीमा बेपत्ता भएकी एक महिलाको सकुसल उद्दार गरिएको छ ।

विहीबार साढे ५ बजेतिर नदीमा दाउरा खोज्ने क्रममा बढेको नदीको बहावले बगाउँदा वेपत्ता भएकी गढवा गाउँपालिका वडा नंं. ५ निवासी टेकरानी चौधरीलाई चार किलोमिटर तल फेला पारि उद्दार गरिएको हो ।


उनको लमही ४ बुटकौवाबाट शसस्त्र प्रहरी र प्रहरीको टोलीले उद्दार गरेको हो । उनको लमही अस्पतालमा उपचार भइरहेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले जानकारी दिए ।