
दाङ, १७ मंसिर । दाङमा जुवाको खालबाट १७ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १५ अमृतटोलबाट १७ जना जुवाडे पक्राउ परेका हुन् ।
ठाकुर खनालले जुवा खेलाइरहेको अवस्थामा १७ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो । पक्राउ परेका साथबाट नगद १ लाख ५२ हजार ५५ रुपैँया पनि बरामद गरिएको छ ।
उनीहरुलाई गएराती १२ बजेतिर पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।



लाइभदाङ । १७ मंसिर २०८१, सोमबार ०९:४९ बजे