दंगीशरण, ६ मंसिर ।
दंगीशरण गाउँपालिकाले किसानहरुको दुःखलाई बुज्दै आफ्ना नागरिकलाई सहजताहोस भन्दै गाउँपालिकाको कृषि र पशु साखाबाट दिइदै आएको सेवालाई थप २ ठाउँबाट सेवा विस्तार गरेकोछ ।
गाउँपालिकाको मुकाम हेकुलिसम्म आउन निकै सास्ती बेहोर्ने गरेका वडा न १/२ र वडा न ६/७ का किसानहरुका लागि सोहि ठाउँबाटै सेवा प्रारम्भ गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।आफुहरु निर्वाचित भएर आइसकेपछी कृषि र पशु सेवा पाउन सास्ती पाएको देखेर यस्तो निर्णय गरेको अध्यक्ष गिरीको भनाइछ ।
गाउँपालिकाले गाउँ कार्यपालिकाको निर्णय अनुसार वडा नं. १/२ को लागि साविक गोल्टाकुरी गा.वि.स. भवनबाट र वडा नं.६/७ का लागि वडा नं. ६ को कार्यालयबाट सेवा शुरु गरेको हो । सेवा प्रारम्भका लागि वडा नं. १/२ मा कृषितर्फ चौथो कृषि सहायक लोकमान चौधरी र पशुसाखातर्फ चौथौ पशु सहायक एकराज सुवेदीलाई पठाइएको हो । यस्तै वडा नं. ६/७ का लागि कृषितर्फ चौथो सहायकस्तर लता घिमिरे र पशुतर्फ पाचौं तहका हस्ताराम खड्कालाई पठाइएको छ ।
सेवा बिस्तारले पालिकाको पहुँचदेखि टाढा रहेका वडाका किसानलाई कृषि र पशुको सेवामा सहजता आउने अपेक्षा लिएको गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले बताउनुभयो । पशुचौपाय र कृषिमा सानो–सानो समस्या हुँदा पनि गाउँपालिकासम्म पुग्नुपर्ने बाध्यताको अत्यहुने उपाध्यक्ष खड्काको भनाइछ ।
सेवा बिस्तरका लागि भौतिक पुर्वाधार सहित दुबै ठाउँमा कार्यालय सहयोगीको समेत ब्यबस्था गरी सेवा शुरु गरीएको गाउँपालिकाका प्रशासन प्रमुख यादब बहादुर डाङ्गीले जानकारीदिनुभयो ।
जनताको जनजिबिकाको सवाललाइ महत्त्व दिदै आएको गाउँपालिकाले मानविय विकास सङ्गै भौतिक पुर्वाधारको विकासकालाई अगाडि बढाउदै आएको छ ।धेरैजसो नागरीक कृषिमा निर्भर रहेको गाउँपालिकामा किसानहरुको सहजता र कृषिमा उत्पादन र उत्पादकत्व बढाउन प्रमुख प्राथमिकताका साथ पालिका अगाडि बढेकोछ ।
लाइभदाङ । ६ मंसिर २०८१, बिहीबार २१:२२ बजे