जीप दुर्घटना:थप एकजनाको मृत्यु

तस्वीर : दोर्ण आचार्य

दाङ
२६ मंसिर ।
दाङमा भएको जीप दुर्घटनामा परि थप एक जनाको मृत्यु भएको छ । यो संगै दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ । दाङको तुलसीपुरबाट कपुरकोटतर्फ जाँदै गरेको जीप आईतबार अपरान्ह ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सिरखोलामा दुर्घटना हुँदा गम्भीर घाईते भएका कपुरकोट गाउँपालिका वडा नं. ३ निवासी ५२ बर्षीय चन्द्र बहादुर खड्काको उपचारकोलागि कोहलपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

त्यस अघि कपुरकोट ४ निवासी ४६ बर्र्षीया साउनी घर्ती, सोही ठाउँका ३९ बर्षीय प्रेमप्रकाश शर्मा र २६ बर्षीया लालमती खड्काको मृत्यु भएको थियो ।


रा १ ज ४३८ नम्बरको यात्राबहाक जीप दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै मृत्यु भएको थियो, भने एक जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा र अर्का एक जनाको कोहलपुर उपचारकालागि लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । \

उकालोमा एक्कासी ‘स्टार्ट’ बन्द हुँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरुमध्ये १० जनाको कोहलपुर उपचार भइरहेको छ, भने ३ जनाको तुलसीपुरमा उपचार भइरहेको छ । तीन जनाको भने डिस्चार्ज भएको थियो ।