
दाङ,१२ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिका– १७ रत्न उद्यान नजिकै बन्दै गरेको तालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १७ मंगरी निवासी करिब १९ वर्षका नवराज बिक रहेका छन् ।
दिउसो ५ जना युवाहरु पौडी खेल्न भनि तालमा गएका थिए । सुरुमा अन्य चार जना युवाहरु तालमा पसेर पौडी खेल्न थाले । त्यसपछि नवराज पनि पौडी खेल्न भनि तालमा गएका थिए । तर, उनले पौडी खेल्न नजान्दा डुबेर मृत्यु भएको प्रहरीको भनाई छ।



लाइभदाङ । १२ बैशाख २०८३, शनिबार २२:४३ बजे