दाङ, १३ मंसिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिदै आएको सिटी स्क्यान र एमआरआई सेवालाई छिटो छरीतो बनाएको छ ।
सिटि स्क्यान र एमआरआईको रिपोर्टिङ ढिला हुँदा विरामीले भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै प्रतिष्ठानले उक्त सेवालाई चुस्त दुरुस्तसहीत छिटो छरीतो गर्ने गरी ब्यवस्था मिलाइएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनु भयो ।
प्रतिष्ठानवाट दैनिक सिटि स्क्यान र एमआरआई गरेर २५ जना विरामीले सेवा लिइरहेको जनाएको छ । प्रतिष्ठानका रजिष्ट्रार लम्सालले एमआरआई र सिटि स्क्यान गरेको ४८ घण्टा भित्र विरामीले रिपोर्ट पाउने गरी थप रेडियोलोजिष्टको जनशक्ती थपेर ब्यवस्था मिलाईएको जानकारी दिनु भयो ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थिले ४८ घण्टा भित्र सिटि र एमआरआईको रिपोर्ट प्राप्त गर्ने ब्यवस्था मिलाइसकेकाले अव विरामीको उपचारमा थप सहजता मिल्ने बताउनु भयो ।
एमआरआई र सिटि स्क्यानका सहायतामा विरामीको रोगको डाइग्नोसिस गर्न चिकित्सकलाई सहजता हुनेछ । यो ब्यवस्था मिलाएपछि १३ जना विरामीले ४८ घण्टा भित्र सिटि र एमआरआइको रिपोर्ट प्राप्त गरीसकेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनु भएको छ ।
लाइभदाङ । १३ मंसिर २०८१, बिहीबार २०:३७ बजे