अप्टिमिष्ट क्लब तुलसीपुरका अध्यक्षको बैबाहिक बर्षगाठमा विद्यार्थीलाई न्यानो कपडा

तुलसीपुर, १७ मंसिर । अप्टिमिष्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नोवेल डीसीले बैवाहिक बर्षगाँठको अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ भित्रका ६५ विद्यर्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।

बुधबार परेको बर्षगाँठको अवसरमा वडा भित्रका चार वटा सामुदायिक विद्यालयका ६५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन्। सोही वडाको जनज्योति मावि तुइरनियापुरमा कार्यक्रम गरि कपडा वितरण गरिएको हो । जसमा तुइरनियापुरका २५ जना,प्राबि बखरियाका १० जना, आधारभूत विद्यालय बराखुट्टी र अम्वेश्वरी मावि अम्बापुरका १५÷१५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

न्यानो कपडा नभएकै कारण विद्यार्थीको पठन–पाठनमा कुनै समस्या नहोस्, भनेर यसरी न्यानो कपडा वितरण गरिएको अध्यक्ष डीसीको भनाई छ ।

डीसीको अध्यक्षता तथा तुलसीपुर १३ का वडाध्यक्ष मोहनलाल पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरि सोही कपडा हस्तान्तरण गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि पौडेलले अतिविपन्न विद्यार्थीहरुलाई छनोट गरेर न्यानो कपडा वितरण गरिएको भन्दै यो कार्यले समाजलाई सकारात्मक सन्देश प्रदान गर्ने बताए ।


उनले अहिले पनि एकजोर कपडा किन्न नसक्ने अबस्थाका विद्यार्थीहरु पनि रहेकाले यसले ठूलो राहात प्रदान हुने उनको भनाई छ । त्यस अवसरमा बिशिष्ट अतिथि अप्टिमिष्ट क्लबका लेफ्टिेलेन्ट गभर्नर मानबहादुर बस्नेतले यसले विद्यार्थीको पढाईमा निकै सहयोग पु¥याउने बताए ।

विद्यार्थीहरु न्यानो कपडा नहुँदा विद्यार्थीहरुलाई निकै समस्या हुने गरेको जनज्योति मावि तुइरनियापुरका प्रधानाध्यापक करवीर खत्रीले बताए ।
त्यस अवसरमा स्थानीय दृष्टिविहीन भोला विकलाई पनि शिरक सहयोग गरिएको थियो ।

बरिष्ठ उपाध्यक्ष मेघराज पोख्रेलले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा डाइरेक्टर मनोज हमालले अप्टिमिष्ट क्रिड बाचन गरेका थिए, भने सहजीकरण महासचिब दीपक बोहराले गरेका थिए ।