तुलसीपुरले शव र मरेका चौपाय ब्यबस्थापनकालागि जग्गा भाडामा लिने

तुलसीपुर
२३ असार / तुलसीपुर उपमहानगरपालिकाले शव र मरेका चौपाय ब्यबस्थापनकालागि जग्गा भाडामा लिने भएको छ ।

उपमहानगरपालिकाले आईतबार एक सूचना जारी गर्दै तुलसीपुर क्षेत्रमा ८ कठ्ठा लग्गा लिजमा लिनकालागि सूचना जारी गरेको हो । कम्तिमा १ बर्षकालागि जग्गा उपलब्ध गराउने जग्गा धनीले कबुल अंक सहित ७ दिन भित्र प्रस्ताब पेश गर्न अनुरोध गरेको छ ।


त्यसकालागि जग्गाधनी पूर्जा, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, एकीकृत सम्पति कर तिरेको प्रतिलिपि सहित प्रस्ताब पेश गर्न अनुरोध गरेका हुन् । उपमहानगरपालिकाले बजार क्षेत्रबाट कम्तिमा २ किलोमिटर टाढा हुनुपर्ने, जग्गा आवासीय क्षेत्र भन्दा कम्तीमा ५०० मिटर टाढा हुनुपर्ने बताएको छ ।