डिभाईन टेम्पल एकाडेमीमा कक्षा १२ को विद्यार्थीलाई विदाई

तुलसीपुर, ८ बैशाख ।
डिभाईन टेम्पल एकेडमीले कक्षा १२ का विद्यार्थीहरुलाई औपचारिक रूपमा कार्यक्रम गरि बिदाई गरेको छ। डिभाईन एजुकेसन फाउन्डेसन द्वारा संचालन भएको डिभाईन टेम्पल एकेडेमीका सस्थापल निर्देशक भोजराज न्यौपानेको अध्यक्षता तथा नेसनल प्याब्सन तुलसीपुरका अध्यक्ष सालिकराम कार्की सरको प्रमुख आतिथ्यता एवम् राप्ती बबई क्याम्पसका पुर्व सहायक प्रमुख सुर्य प्रसाद शर्माको बिशिस्ट आतिथ्यतामा ड्रीम्स ब्याङ्केट तुलसीपुर –६ रजौरामा सम्पन्न भएको छ।

कार्यक्रममा विशेष अतिथिका रूपमा राप्ती बबई क्याम्पसका सहायक प्राध्यापक हिमाल कंडेल, माबी खाद्रे स्कुलका ब्यबस्थापन समितिका अध्यक्ष उनु शर्मा, आबि कटाहाका प्र.अ खोपिराम अधिकारी, आबि कोठरिका प्र.अ नवराज डाङी, डिभाईन ईन्स्टिच्युटका एम, डि हिमाल डाङी लगायतले कक्षा १२ का विद्यार्थीहरुलाई बोर्ड परिक्षाको शुभकामना ब्यक्त गर्दै डिभाईनको सस्कार र सस्कृतीलाई सधैं आत्मसात गर्दै सुन्दर समाज निर्माणमा जुट्न अनुरोध गर्नु भएको छ। कार्यक्रममा कक्षा १० र ११ का विद्यार्थीहरुले सास्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए।


कार्यक्रममा सुप्रसिद्द गायक प्रकाश रेग्मीले गित गाएका थिए। गायक रेग्मिले गाएको राष्ट्रिय गितमा विद्यार्थीहरु झुमेर नाचेका थिए। बिदाई कार्यक्रममा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। विद्यालयका प्रीन्सिपल कुलानन्द अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम कक्षा ११ का समीर लामिछानेले संचालन गरेका थिए।