पत्रकार दम्पतीद्वारा बैवाहिक बोर्षिकोत्सवमा असहाय वालबालिकालाई सहयोग

तुलसीपुर
२६ मंसिर / नेपाल पत्रकार महासंघ दाङका सहसचिब दिप्तीशिखा चौधरी र पत्रकार पुरुसोतम अधिकारीले आफ्नो प्रथम बैबाहिक बार्षिकोत्सवमा असहाय वालबालिकालाई सहयोग गरेका छन् ।

आईतबार परेको बैबाहिक बार्षिकोत्सवका अवसरमा दिदी घर संस्था तुलसीपुरमा रहेका २२ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् । यस्तो अवसरमा फजुल खर्च गर्नु भन्दा असहायहरुलाई सहयोग गर्नुपर्ने भन्दै आफूहरुले सहयोग गरेको उनीहरुको भनाई छ ।


समाजका सेचत व्यक्तीहरुको यस्तै पहलकदमीले नै समाजलाई सुधार गर्न सकिने भन्दै आफूहरुले त्यसको सुरुवात गरेको बताएका छन् । पत्रकार दम्पति गएको बर्ष मंसिर २६ गते वैवाहिक जीवनमा बाँधिएका थिए ।

त्यस अवसरमा संस्थाकी अध्यक्ष स्यानी चौधरीले सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरिन् । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको समेत उनले बताईन् । आफूले साहाराविहीन बालबालिकालाई राखेर पठन–पाठन गरिरहेको भन्दै यस्तै संस्थाहरुको सहयोगले सामाजिक काममा प्रेरणा मिल्ने गरेको समेत उनको भनाई थियो ।