काठमाडौं २५ मंसिर ।
नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवा समूहकै नेता श्रेष्ठले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका थिए । अन्तिममा आएर श्रेष्ठ देउवालाई समर्थन गर्ने निर्णय पुगेका छन् । शनिबार आज बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुँदैछ ।
यो पनि……
गोपालमान शेरबहादुरसँग लड्न तयार छु ।
देउवाले सभापतिमा दोहोरिन चाहेपछि संस्थापन समूहमा पूर्व उपसभापति श्रेष्ठ र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए । श्रेष्ठले देउवालाई समर्थन जनाउने भएपनि निधि भने उम्मेदवारी दर्ताको तयारीमा छन् ।
श्रेष्ठले भने, हामीले जित्नु पर्छ । हामी जित्ने कुरामा म जहाँ बसेर पनि काम गर्न तयार छु ।
उनले भने, साथीहरूसँग छलफल र परामर्शमा छु । हाम्रो टीमलाई कसरी जिताउने भन्ने मुख्य कुरा हो । हाम्रो टीम जित्ने कुरामा मेरो को नेता कहाँ रहन्छ भन्ने कुरा गौण हो । ु
लाइभदाङ । २५ मंसिर २०७८, शनिबार ०८:३१ बजे