लक्ष्मण बस्नेत
दाङ, २५ कात्तिक ।
दाङ तुलसीपुरको सातबासमा खुला भलिबल प्रतियोगिता २०८१ आज देखिसुरु भएको छ । नवज्योती सास्कृतिक युवा क्लब तुलसीपुर–३ ले आफ्नो २२ औं वार्षिकोत्सबको अवसरमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतले गर्नु भएको हो ।
उद्घाट्न समारोहलाई सम्बोधन गर्दै महासचिव बस्नेतले मानव स्वास्थ्यको मुख्य मेरुदण्ड खेलकुद क्षेत्र आम नागरिकको चासो र चिन्तन भित्र पर्नु पर्ने बताउनु भएको छ ।
खेलकुदलाई राज्यका तिन तहका सरकारले हेर्ने र बुझ्ने दृष्टिकोण फितलो भएपनि आम खेलप्रेमि नागरिकको खबरदारी,चासो र चिन्तनले सिङ्गो खेलक्षेत्रलाई माथी उठाउन सकिन्छ उहाँले भन्नूभयो । साथै उहाँले खेलकुदमा भविष्य खोजेका खेलाडिले अनुशानको उच्च आदर्श लाई आत्मसात गर्नु पर्ने सुझाव दिनुभयो ।
क्लबका अध्यक्ष धनराज रोकाको अध्यक्षतामा भएको कार्यक्रममा खोखो संघ दाङका सचिव तथा फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरि लगातकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको संचालन धनराज थापा ले गर्नु भएको थियो । यसैबिच प्रतियोगिताको आज सम्पन्न खेलमा रोयल ग्याङ भलिबल टिम तुलसीपुरले बिजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा आयोजक नवज्योती सास्कृतिक युवा क्लब तुलसीपुर–३ लाई २५–२३ र २५–१६ अर्थात २–० को सोझो सेटमा पराजित गर्दै रोयल ज्याङले बिजयी सुरुवात गरेको हो । तीन दिन सम्म संचालित प्रतियोगिताको बिजेता,उपबिजिता र तृतीय स्थान हात पार्ने टिमलाई क्रमशः १५,१० र ५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा दाङ र सल्यान जिल्लाका १३ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष धनराज रोकाले जानकारी दिनुभएको छ ।
यसैबीच आयोजकले यहि कार्तिक २७ गते हुने आफ्नो २२ औ वार्षिकोत्सब तथा हरिबोधनी एकादशि मेलामा उपस्थितिका लागि सबैमा आह्वान गरेकोछ ।
लाइभदाङ । २५ कार्तिक २०८१, आईतवार १८:५३ बजे