गणतन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, पब्लिक एजुकेसनकी छात्रा भुसाल प्रथम

तुल बहादुर कवँर मगर
देउखुरी, १५ जेठ ।
१७ औं गणतन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न सम्पन्न भएको छ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका देउखुरीको आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वयमा ‘गणतन्त्र प्राप्ति,उपलब्धि र अबको लक्ष्य’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो।


प्रतियोगितामा पब्लिक एजुकेसन एकेडेमी लालमटियाकी छात्रा संस्कृती भुसाल प्रथम, गोर्खा आइडियल बोर्डिङ स्कुल लालमटियाका छात्र प्रिन्स बोहोरा द्वितीय,शंकर माध्यमिक विद्यालय पिपरीकी छात्रा अनिता सुन्दास तृतीय र आदर्श नमुना माध्यमिक विद्यालय लालमटियाकी छात्रा साधना केसी सान्त्वना भएकी छन् ।

प्रतियोगितामा प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना हुने विद्यार्थीहरुले प्रमाणपत्र सहित क्रमश १० हजार,७ हजार,५ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा माध्यमिक तह सञ्चालित ८ विद्यालयका १४ जना विद्यार्थीहरुले भाग लिएका थिए।