‘चोलेन्द्र’ अनैतिक प्रधानन्यायाधीश हुन् : टिकाराम रेग्मी

सुशील बस्नेत
दाङ,२४ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जवराको बर्हिगमनको माग गर्दै मानव अधिकारकर्मीले तुलसीपुरमा प्रर्दशन गरेका छन् । ७३ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्र्दभमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आयोजना गरेको अनैतिक प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको शीघ्र राजीनामा बर्हिगमनको माग गर्दै अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन ।

शुक्रबार बिहान तुलसीपुरमा गरिएको प्रदर्शन पछि आयोजीत कोणसभामा सम्बोधन गर्नुहुदै नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको अनैतिकक कार्यका कारण स्वतन्त्र न्यायालयमाथि अबिश्वास बढ्ने बताउनुभयो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय कार्यसमितिका बरिष्ठ उपसभापति सुशील बस्नेतले स्वतन्त्र न्यायालयमा भागबण्डाको लेनदेन हुनु दुर्भाग्यपूर्ण भएको बताउनुहुर्दै प्रधानन्यायाधीश जवराको बर्हिगमनको माग गर्नुभयो ।


कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब निर्मल नेपाली, उच्च अदालत बार एशोसियसन तुलसीपुरका अध्यक्ष पुष्कर भण्डारी,सामाजिक अभियान्ता टोपबहादुर महतरा,जेष्ठ नागरिकका खुमानन्द अधिकारी,अपाङगता भएका ब्यक्ति यज्ञ बिक लगायतले प्रधानन्यायाधीश जवराको राजीनामाको माग गर्नुभयो ।

शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा भएको बिरोध प्रदर्शन पछिको कोण सभा कार्यक्रमको सञ्चालन सचिब निर्मला डिसीले गर्नुभएको थियो । शान्ति समाजले बिभिन्न जिल्लामा अनैतिक प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको शीघ्र राजीना ÷बर्हिगमनको माग गर्दै अधिकारकर्मीहरुले प्रदर्शन गर्दै आएको छ ।