तरुण दल तुलसीपुरको अध्यक्ष घर्ती नै हुन् : काँग्रेस दाङ

तुलसीपुर,२३ असोज ।
नेपाली काँग्रेस दाङले तरुणदल तुलसीपुरको आधिकारिक अध्यक्ष कमल घर्ती नै भएको बताएको छ ।
काँग्रेस तुलसीपुरले घर्तीलाई भदौ ११ गते मनोनयन गरेको थियो । घर्तीलाई काङ्ग्रेसको विधान बिपरित नगर अध्यक्षमा नियुक्ति गरेको भन्दै तरुण दल दाङ जिल्ला अध्यक्ष टीका घर्तीले उपाध्यक्ष सुरेन्द्र सिंह राठौरलाई कार्यबाहक अध्यक्ष बनाएका थिए । उक्त पत्रमा लेखिएको छ “ नेपाल तरुण दलको बिधानको परिच्छेद ८ को धारा ३५ को उपधारा ३ (ख) बमोजिम नेपाल तरुण दल तुलसीपुर उपमहानगरपालिकाको कार्यसमितिका उपाध्यक्ष सुरेन्द्र सिंह राठौरलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ । पत्रमा तरुण दल दाङ जिल्ला अध्यक्ष टीका घर्तीको हस्ताक्षर छ । उक्त पत्र भदौ २४ गते दिइएको थियो ।


असोज २३ गते नेपाली काङ्ग्रेस दाङ जिल्ला सभापति शंकर प्रसाद डाँगीले हस्ताक्षर गरेको आधिकारिक सम्बन्धमा लेखेको पत्र आयो । उक्त पत्रमा लेखिएको थियो “नेपाली काङ्ग्रेस केन्द्रीय समितिले संचालन गरेको “ बिशेष आन्तरिक अभियान “ को क्रममा केन्द्रीय सदस्य डा. गोपाल दहित को प्रतिनिधि पत्र र निर्देशनका आधारमा नेपाली काङ्ग्रेस तुलसीपुर उपमहानगरपालिका कार्य समितिले नेपाल तरुण दल तुलसीपुर उपमहानगरपालिकाको अध्यक्ष पदमा कमल घर्ती नै आधिकारिक भएको लेखिएको छ । बाद्वार्थ ः नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिति ३ (क), नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति ३ (ख) र नेपाली काङ्ग्रेस तुलसीपुर उपमहानगरपालिका कार्यसमिति तुलसीपुर सहभागी थिए ।