१५ सैयाकाे अस्पतालबारे बबई गाउँपालिकाले छानविन गर्ने 

हापुरे, २६ माघ ।
दाङको बबई गाउँपालिकाले बबई ३ हंसपुरमा रहेको १५ सैयाकाे अस्पतालकाे बिषयमा छानबिन गर्ने भएको छ। बिहिवार गाउँपालिकाकाे आर्थिक वर्ष २०८०/८१ काे १२ ओैं कार्यपालिकाकाे बैठकले अस्पतालकाे कम्जोर पलास्टरबारे सामाजिक सञ्जालमा आएकाे बिषयमा छानबिन गर्ने निर्णय भएको बबई गाउँपालिकाका प्रवक्ता तिलकराम भण्डारीले जानकारी दिनुभयाे ।
अस्पतालकाे बिषयमा सामाजिक सञ्जालमा आएका बिषयमा स्थानीय सरकारकाे गम्भीर ध्यानाकर्षण भएकाे भन्दै अस्पतालकाे बिषयमा बास्तबिक्ता पत्ता लगाउन पालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीकाे संयाेजकत्वमा ३ सदस्यीय छानवीन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता भण्डारीले बताउनुभयो  । छानबिन समितिकाे सदस्यहरुमा पालिकाका सब ईन्जिनियर रिदम खड्का र सव ओभरसियर हिरालाल वली रहनु भएकाे छ । समितिले अस्पतालका बिषयमा ७ दिनभित्र सत्यतथ्य पत्ता लगाई प्रतिबेदन पेस गर्ने  प्रवक्ता भण्डारीले बताउनुभयो ।
त्यस्तै बैठकले बबई १ काे जिलामा गत वर्ष निर्माण सम्पन्न भएकाे स्वास्थ्य चाैकिकाे भवनमा खाेप केन्द्र सञ्चालन गर्ने समेत निर्णय गरेकाे छ। त्यस्तै बैठकले प्रदेश सरकार मार्फत सञ्चालन भएका याेजनाहरुमा स्थानिय सरकारलाई नदिजन्य पदार्थ प्रयाेग गरे बापत तिर्नुपर्ने राजस्व तिरिसकेपछि मात्रै सिफारिस गर्न वडालाई निर्देशन दिने निर्णय गरेकाे छ।