किरण कडेँल
प्रिय म !
सोच्यौ होला तिमी तिमी नै रह्यो । सोच्यौ होला तिमी तिमी नै बनिसक्यौ तर विडम्बना तिमी पूर्ण रुपमा बनिसकेका छैनौ। तिमी आफूलाई हराउँदैछौ। तिमी आफूबाट टाढिँदैछौ। अरुको भनाइमा तिमी अल्मलिएकी हौ। तिमी अरुको पछाडि लाग्दैछौ । तिमी हार्दैछौ अनि अरु हाँस्दैछन् ।
तिमी सकिँदैछौ र तिम्रा शत्रुहरु तिमी नासिएको हेर्दै सयौं वर्ष बाँच्दैछन् ।
त्योे बादल पारीको किरण छड्दै आएको घामलाई नै हेर न। के त्यो घामले कयौ डाँडा काटी त्यो उज्याली तिमी माझ पुर्याएको छैन र?अनि त्यो कोइलीलाई नै हेरन कयौ सिकारीको शिकार हुनबाट बचेर पनि उसले आफ्नो अस्तित्व नगुमाई मधुर स्वरले तिमीलाई बिहानमा उठाएको छैन र?यदि छ भने तिमी त्यो घाम बन जसले कयौ डाँडा काटी तिमी माझ उज्याली छर्ने गर्छ। अनि तिमी त्यो कोइली बन जसले सयौं सिकारीको सामना गरेर आफ्नो अस्तित्व नघुमाई शत्रुलाई पनि बिहानि को महसुस गराउँछ।
तिमी आज त आफूलाई हेर अरुले के सोच्लान्, भन्दाभन्दै तिमी कहाँ छोडियौ थाहा छ र? तिमी त्यहाँ आफूलाई छोड्यौ जहाँ तिम्रो शत्रुले तिम्रा पैताला कचेली तिमीलाई काँडामा हिँड्न लगाएका थिए। तिमी त्यहाँ हरायौ जहाँ तिम्रा आफन्तलाई चाहिने भन्दा बढी विश्वास ग¥यौं । तिमी त्यहाँ हरायौ जहाँ तिमीले शत्रुलाई पनि आफ्नो ठान्यौ। तिमीले तिम्रो अस्तित्व त्यहाँ गुमायौ जहाँ तिमीले आफूलाई बेलैमा बुझेनौ। तर आज पनि तिम्रो लागि समय कहाँ नै सकिएको छ र? तिम्रो उमेर पनि कति नै भयो र भर्खर त ११ मा छौ। अझै जिन्दगीले कति पाठ सिकाउने हो? कति ठक्कर खुवाउने हो? अहिले नै किन आतिन्छौ ?तिमी नआत्तिनु तिमी तिम्रो पछाडि लाग्नु तिमी तिम्रो मात्रै सुन्नु।
तिमीले आफ्नालाई चिन अनि आफ्ना बनी नजिएका ती शत्रुबाट आफ्नो खुसी छिन् । तिमी तिमी बन अरुको नक्कल नपार तिमी त्यो हिरा बन जुन जो कोहीले त्यसको मूल्य तिर्न सक्दैन। साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १४ कार्तिक २०८१, बुधबार १९:३१ बजे