प्रष्ठिानमा एमविविएस पढाईकालागि आयोगले पठायो विद्यार्थी 

तुलसीपुर, १३ कात्तिक ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस पठन–पाठनकालागि चिकित्सा शिक्षा आयोगले विद्यार्थी पठाएको छ । आयोगले कलेज म्याचीङ गर्दै पुर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्ने ३७ जना विद्यार्थीहरुलाई प्रतिष्ठानमा पठाएको छ ।  यसबर्षबाट प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएपछि छात्रवृत्तिमा पढ्ने विद्यार्थीहरु आउन लागेका हुन् ।

रजिस्ट्रार श्याम लम्सालका अनुसार आयोगले एमबिबिएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ । जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले  एमबिबिएस पढ्न पाउने छन् । सोही अनुसार ३७ जना विद्यार्थीलाई प्रतिष्ठानमा छात्रवृतिमा पढ्ने विद्यार्थी पठाएको हो । उनका अनुसार ४ जना बिदेशी र ९ जनाले पेइङमा एमबिबिएसमा पढन पाउने छन् । पेइङमा पढ्ने विद्यार्थीहरू भने आयोगले पठाएको छैन् । पेइङमा पढ्नेहरूलाई आयोगले पठाएपछि भर्ना हुनेछ ।


प्रतिष्ठानले करिब ७ वर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमती पाएको हो । हाल प्रतिष्ठानमा बिएस्सी, बिएनएस नर्सिङ र चिकित्सकको एमडिको पठनपाठन भइरहेको छ । अब एमबिबिएस पढ्नकै लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । साभारः अग्रिम साप्ताहिक