भैलो रकमबाट लोकेशन बोर्ड र स्थानिय मन्दिरलाई साउण्ड सिस्टम

तुलसीपुर,४  मंसिर । दाङ तुलसीपुर ८ कट्कुईयाँमा रहेको समाज सुधार युवा क्लबले देउँसी भैलो २०८० बाट उठेको रकम सामाजिक कार्यमा लगाएको छ । २०६८ सालमा स्थापना भएको यस क्लबले भैलो बाट उठेको रकमबाट सात हजार बराबर रकमको कट्कुईयाँको मिलनचोकमा लोकेशन बोर्ड निर्माण गरेको हो । कट्कुईयाँ चोकबाट पुर्बमा नयाँबसती/तुलसीपुर बजार, पश्चिममा भट्टे/कालामारे, उत्तरमा शिबपुर/गहते पर्ने गर्छ भने दक्षिण तर्फ भने हरिनगर/अश्वारा पर्ने गर्दछ । कट्कुईयाँ चोकमा आईपुगेपछि धेरै मानिस अल्मलिने समस्या देखापरेको गुनासो आएपछि लोकेशन बोर्ड राखिएको क्लबका सचिव राजेश वली रुद्रले जानकारी दिए ।

यस्तै क्लबले तुलसीपुर ८ कट्कुईयाँमा रहेको शिब मन्दिरलाई बिस हजार रकम बराबरको साउड सिस्टम, मादल, खैजडी पुजारी प्रेमबहादुर डाँगी लगायत कार्यसमितीलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । दशक अघि स्थापना भएको मन्दिरमा साउन्ड सिस्टम नहुँदा बिहान बेलुका मन्दिर शुन्य हुने गरेको भन्दै पजारी डाँगीले यो पुन्य कार्य गरेकोमा क्लब परिवार धन्यबाद व्यक्त गरे ।

भैलो खलेर पिकनिक र रमाईलोमा पैसा खर्च गनुपर्छ भन्ने मान्यतालाई चिर्दै सामाजिक कार्यमा समर्पित हुन पाउनु खुसीको कुरा भएको भन्दै क्लबका अध्यक्ष दुर्गा प्रसाद डाँगीले क्लबका सम्पुर्ण सदस्यलाई धन्यबाद दिए ।


स्थानि समावसेबी कान्तप्रसाद खरेलले सामाजिक संजाल फेसबुक स्टाटस मार्फत यस कार्यको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

बिगतमा यस क्लबले गाँउ उज्यालो अभियान अगाडी सरेर गाउँनै उज्यालो पार्न सफल भएको थियो । यसका साथै खेलकुदका लागि खेलमैदानको अभाब देखिएकाले अबको क्लबको मिशन खेल मैदानका लागि केन्द्रित हुने अध्यक्ष डाँगीले बताए ।