तुलसीपुर
२३ मंसिर / लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले महोत्सव रोक्ने अबस्था आउन सक्ने बताएका छन् ।
तुलसीपुर चेम्बर अफ कमर्शका पदाधिकारीहरुसंग छलफल गर्दै उनले मुलुकमा तेस्रो भेरियन्ट आईसकेको भन्दै यो पुष्टि भएमा महोत्सव रोक्ने अबस्था दुःख नमान्न पनि अनुरोध गरे ।
‘लुम्बिनीमा मुख्य नाकाहरु छन्, तेस्रो भेरियन्ट आएको छ’, उनले भने‘लकडाउन गर्ने भन्ने त नहोला तर, मेला महोत्सव रोक्नु पर्ने अबस्था आउने अबस्था भयो भने दुःख नमान्नु होला ।’
चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीसहितको टोलीसंग भेटघाट कार्यक्रममा उनले यस्तो बताए ।
साथै घर्तीले तुलसीपुुरको कृषि तथा पर्यटन प्रबद्र्धनकालागि महोत्सव आयोजना गरिएको र तयारी लगभग पूरा भइसकेको बताएका थिए ।
तस्वीर :ओपेन्द्र बस्नेत
लाइभदाङ । २३ मंसिर २०७८, बिहीबार १९:०६ बजे