काँग्रेस निर्वाचन :  दाङमा दीपक गिरीको बर्चश्व, देउवा र पौडेल समूह बराबर

दाङ, १२   असोज । कुनै समय काँग्रेस भित्र मात्रै होईन्, दाङमै खुमबहादुर खड्काले जे चाह्यो त्यो हुन्थ्यो । उनको जिल्लामा उनको लोकपृय छाप थियो । विकास निर्माणदेखि जनमानसमा राम्रो बनाउन सक्ने क्षमता भएका नेता थिए खुमबहादुर । जब खुमबहादुरको निधन भयो, दाङको उनको अभाब खड्किरहेको छ ।

उनको ठाउँ कसले पूर्ति गर्ने भन्ने बहस पनि चलिरहेको छ । उनको उत्तराधिकारी को बन्ने भन्ने होडवाजी चलिरहेको बेला आफ्नो निर्वाचन क्षेत्र दाङ क्षेत्र नं. ३ का सबै स्थानीय तहमा आफू निकटलाई नेतृत्वमा ल्याउन सफल भएपछि जिल्लामा खुमबहादुरको उत्तराधिकारीका रुपमा आएका भनि काँग्रेस भित्र चर्चा हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा दिपक गिरी निकट सुरेश हमालले विजयी गरे । उनका निकटतम प्रतिद्वन्दी गेहेन्द्र गिरी निकट अनिल कार्की थिए ।

त्यस्तै दिपककै नातेदार रहेका शुम्भु गिरीले दंगीशरण गाउँपालिकाको सभापतिमा विजयी हाँसिल गरे । त्यस्तै बबई गाउँपालिका सभापति प्रकाश बस्नेत र शान्तिनगर गाउँपालिकाका सभापति झलक केसी दिपक गिरी निकट हुन् । यी चार स्थानीय तहहरु दाङ क्षेत्र नं. ३ मा पर्छन् । शंशांक कोइरालासंग नजिक रहेको गिरी रामचन्द्र पौडेल पक्षिय नेता हुन् ।

खुमबहादुर जिवित रहदा हर्ताकर्ता रहेका पूर्व सांसद गेहेन्द्र गिरी र पूर्वमन्त्री तथा हालका पार्टीका केन्द्रीय सदस्य दिपक गिरीबीच लामो समयदेखि पार्टी भित्र अन्तरसंघर्ष चलिरहेको छ । यस पटक पनि यी दुई दाजुभाईबीच नै प्रतिष्पर्धा देखियो । गेहेन्द्र खुमबहादुर खड्काका विश्वास पात्र थिए । खड्का वितेपछि उनी देउवा समूहमा छन् । पार्टीका पूर्व सभापति पनि हुन् । तर, उनी अघिल्लो पार्टीको निर्वाचनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

त्यसपछि उनी तुलसीपुर नगर सभापतिमा मनोनित भएका थिए । उनी गएको स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा एमालेका घनश्याम पाण्डेसंग पराजित भएका थिए । दिपक गिरी भने पूर्वसिंचाई मन्त्री समेत भइसकेका ब्यक्ती हुन् भने बहालवाला केन्द्रीय सदस्य पनि हुन् । गएको निर्वाचनमा तत्कालिन एमाले दाङका सचिब हिराचन्द्र केसीसंगै प्रतिनिधिसिभा सदस्यमा पराजित भएका थिए । दिपक र गेहेन्द्र यी दुईबीचको शक्ति संघर्ष पार्टी भित्र मात्रै होईन्, बाहिर पनि छताछुल्ल देखिन्छ । गेहेन्द्र गिरी अबको पार्टीको जिल्ला सभापतिको दावेदारका रुपमा रहने देखिन्छ । यसले पनि जिल्लामा गहेन्द्र गिरी र दिपक गिरीबीचको शक्ति संघर्षले नै प्रभाब पार्ने काँग्रेसका एक क्षेत्रीय प्रतिनिधिले बताए ।


गेहेन्द्र गिरीसंग साथ दिने अन्य बलियो नेता नहुँदा पनि उनी पटक–पटक आफ्नो क्षेत्रमा कम्जोर बन्नु परेको बताईन्छ । देउवाका निकट मानिने लुम्बिनी प्रदेशका ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली चौधरी तटस्थ हुँदा पनि गेहेन्द्र कम्जोर हुने गरेका छन् । दुबै देउवा निकट रहेपनि डिल्लीले गहेन्द्रलाई खुलेर साथ दिने नगर्दा समस्या रहेको काँग्रेसका एक नेताले बताए ।

दाङमा देउवा र पौडेल बराबर
पार्टीको चौधौं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा दाङमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बराबर स्थानीय तहमा जित हात पारेका छन् । १० वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह देउवा पक्षले विजयी हाँसिल गरेको छ, भने पाँच स्थानीय तहमा पौडेल पक्षले बिजयी हाँसिल गरेका छन् । पौडेल निकट दिपक गिरीका चार स्थानीय तहसंगै राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी रहेका छन् । ति मध्ये शान्तिनगर र राप्ती गाउँपालिकाका सभापति सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै देउवा समूहका घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावतले विजयी हाँसिल गरेका छन् । उनी जिल्लामा राजु खनाल निकट मानिन्छन् ।त्यस्तै लमही नगरपालिकाका सभापति सन्तोष बुढाथोकी देउवा निकट हुन् । उनले ७९ बर्षीय शिवु चौधरीलाई पराजित गर्न सफल भएका थिए । त्यस्तै राजपुरका सभापति नरेन्द्र राज भण्डारी, गढवाका किरण पौडे र बंगलाचुली गाउँपालिकाका जागेश्वर अधिकारी देउवा पक्षका हुन् । बंगलाचुलीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । साभार : अग्रिम साप्ताहिक

May be an image of 1 person, standing and text