दाङका नाकामा एसएसवीले गरेको ज्यादतीको इतिहास

तुलसीपुर
१ भदौ / दाङका नाकाहरुमा पनि भारतीय सीमा सुरक्षा बल(एसएसवी )ले पटक–पटक नेपालीहरुमाथि ज्यादति गर्दे आएको छ । अन्य नाकाहरु जस्तै भारतीय नाकाहरुमा पनि नेपालीहरुलाई आतंकित पार्ने व्यबहार हुँदै आएको गुनासो गर्दै आएका छन् । ८३ किलोमिटर लामो दाङको सिमावर्ती क्षेत्रमा ३३ ओटा नाका छन् । एउटा बस्तीमा ६ देखी ६५ घरधुरीको बसोबास छ । दाङमा ३७ मुख्यसहित ७७ वटा सीमा स्तम्भ रहेका छन् । जस मध्य जिर्ण रहेका सीमा स्तम्भ मर्मत गरिएको छ। जसमध्ये ४८ नम्बरको पिल्लर भने खोलाले बगाएको छ ।

उदाहरण १ : एसएसवीले चौकीमा आएर नेपाली प्रहरीमाथि कुटपिट
घटना भएको मिति : २०७१ साउन ११
घटना विवरण : भारतसंग सीमाना जोडिएको राजपुर गाउँपालिका वडा नं. ७ स्थित भैसाही नाकामा भारतीय एसएसवीका जवानहरुले चौकीमै आएर नेपाली प्रहरी माथि कुटपिट गरेका थिए । कुटपिटबाट तत्कालिन प्रहरी हवलदार हरिबहादुर बुढाथोकी र एक प्रहरी जवान घाइते भएका थिए । आक्रमण गरि भाग्ने क्रममा स्थानीय युवाहरुले पक्राउ गरि एसएसवीको आठौ वाहिनी भैसाही नाकामा बुझाएको र थप छलफल गर्ने सहमति भएको थियो । त्यसपछि छलफल भएन ।

उदाहरण २ : नेपाली भूमिमा खाडल
मिति : २०६५ चैत
घटना विवरण : एसएसवीले नेपालतर्फ ३÷४ मिटरजति नेपाली पक्षको सहमति र जानकारीविनै खाल्डा खनिएको । राजपुर ७ खिर्की चौरमा एक किलोमितर क्षेत्रमाको एक किलोमिटर क्षेत्रमा त्यस्ता खाडल खनिएका थिए । तर, ति खाल्डामा के गर्न खोजेको त्यो काम अहिलेसम्म पनि भएको छैन । त्यसले नाका क्षेत्रका नागरिकलाई निकै आतंकित बनाएको थियो । एसएसवीको त्यो ज्यादतिबाट आतंकित बनेका त्यहाँका नेपालीहरु सतबरियाको कर्री सामुदायिक बनमा बसेका थिए । तर, स्थानीय प्रशासनले उनीहरुलाई त्यहाँबाट बल प्रयोग गरेर हटाएको थियो । अहिले पनि नेपालको भू–भाग कहाँदेखि हो भन्ने कुरा एकीन छैन ।

अहिले नेपालीहरुले बनाएका घरहरु नेपालमा पर्छन्, की भारतमा पर्छन्, भन्ने कुरा कुनै एकीन हुन सकेको छैन । नेपालीहरु नै आफ्नो सीमानाका विषयमा अन्यौल छन् । सिवालिक सृङखलामा रहेको कोइलाबास क्षेत्रमा भारतीयहरुले साविक सीमाभन्दा उत्तरपूर्वसम्म भारतको पर्छ भनी केही भाग मिचेका छन् । हर्नाडाँडा क्षेत्रमा चुरे फेदीको सिमानालाई उत्तर सारी सृङ्गलाको सीमाना सारिएको छ । दाङको डुडुवा सृङ्गलामा अंग्रेजहरुकै पालादेखि विवादित थियो ।

उदाहरण ३ : भारतीय गुण्डाको ज्यादति
मिति : २०४४/०४५ तिर
घटना विवरण : त्यतिबेला भारतीय सीमा सुरक्षा बल (एसएसवी) पनि स्थापना भएको थिएन, भने नेपाली सीमा क्षेत्रमा पनि सुरक्षाकर्मीहरु खटाएको अबस्था थिएन । जतिबेला भारत तर्फबाट गुण्डागर्दी धेरै हुन्थ्यो । कुटपिट, महिलामाथि दुव्र्यबहार गर्ने, जमिन अतिक्रमण गर्न खोज्थे ।


उदाहरण ४ : एसएसवी स्थापना भएपनि नेपाली असुरक्षित
मिति : २०६५÷०६६ तिर दाङका सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल स्थापना भयो । त्यसपछि भारतीय सुरक्षाकर्मीबाटै नेपालीहरु असुरक्षित हुनु प¥यो । त्यतिबेला पनि दलबलसहित नेपाली भुभागमा आउने । नेपालीहरुलाई धम्काउने, महिलाहरु माथि दुव्र्यबहार गर्ने गरे । अहिले पनि पटक–पटक यो कार्य जारी छ । नाका क्षेत्रका नागरिकहरु भारतीय बजारमा आश्रीत छन् । बजार जाँदा कहिल्यै जान दिने, अहिले बजार जान नदिने, यो वा त्यो बाहानामा दुःख दिने कार्य भइरहेको छ ।

उदाहरण ५ : विवाहित महिलालाई ४ बर्ष सम्पर्क विहीन
मिति : २०६७
घटना : सिरिया नाका स्थित एक दलित महिलालाई एक भारतीय सुरक्षाकर्मीले लिएर फरार भए । ३÷४ बर्षसम्म सम्पर्क विहीन बनेकी ति महिलालाई पुनः उनै सुरक्षाकर्मीले घरमा ल्याएर छोडे । ति महिलाका श्रीमान विदेश थिए । अहिले घरमा आएका छन् । अहिले उनै श्रीमानसंग ति महिला बस्दै आएकी छिन् ।