तुलसीपुर
१३ जेठ / तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ ले वडाको पायक पर्ने स्थानबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने निर्णय गरेको छ ।
सामाजिक सुरक्षा भत्ता लैजानकलागि बजार आउँने र लामो लाइनमा बस्नु पर्ने अबस्था आउँदा निकै समस्या हुने गरेको भन्दै यसलाई सहज बनाउन पायक पर्ने ठाउँबाट भत्ता वितरण गर्ने ब्यबस्था मिलाउने बताए । शुक्रबार अध्यक्ष पौडलसहित वडाका जनप्रनिधिहरुले पदभार समेत ग्रहण गरेका छन् ।
त्यसपस्चात बसेको बैठकले अमूल्य मतदान गरेर विजय बनाउने मतदाता तथा वडावासीहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ । अध्यक्ष पौडेलले जनताको भावना अनुसार काम गर्ने समेत प्रतिबद्धता जनाए ।
लाइभदाङ । १३ जेष्ठ २०७९, शुक्रबार १८:५२ बजे