जातिय छुवाछुत तथा लैंगिक हिंसा न्यूनिकरणकालागि कानुनी सचेतना तालिम

तुलसीपुर
३० फागुन / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कोठेरीमा चार दिने जातिय छुवाछुत तथा लैगिक हिंसा न्यूनिकरण सम्बन्धी कानुनी सचेतना तालिम सुरु भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग तथा दलित कल्याण संघ दाङको आयोजनामा लक्षित कार्यक्रम अन्तर्गत सोमबारदेखि उक्त तालिम सुरु भएको हो ।


सस्थाका जिल्ला अध्यक्ष नरसिंह बिस्वकर्माको अध्यक्षता तथा वडासदस्य बिमल चौधरीको प्रमुख आतिथ्यमा उक्त कार्यmक्रम भएको हो । सस्थाका सदस्य लक्ष्मी घमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सस्थाका केन्द्रिय अध्यक्ष एवं प्रशिक्षक मोतीलाल नेपाली तथा वडासचिव अमृत दहालको बिशिष्ट आथित्यतामा भएको हो ।

कार्यक्रमको सहजीकरण सचिब सन्तोष चनाराले सहजीकरण गर्नु भएको थियोे । तालिममा २७ जनाको सहभागिता रहेको थियो ।