तुलसीपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ, १० कार्तिक । दाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रोल्पाको कोईलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर ३ साततलेमा दुर्घटनामा हुँदा चालक दंगीशरण गाउँपालिका ४ बैबाङ निवासी २२ वर्षीय हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको हो ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । शनिबार बिहान साढे ३ बजेतिर दुर्घटनामा हुँदा जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

जिपमा ५ जना सवार थिए । अन्य तीन जना पनि गम्भीर घाइते छन् । घाइते हुनेमा सल्यान कपुरकोट गा.पा.६ निवासी ३१ बर्षीया  देवा वली , उनका छोरा  १३ बर्षिय महेश वली  र  उनका १० बर्षीय छोरा जिवन वली रहेका छन् ।