देसभर थप २११ जना संक्रमित थपिए, ३२९ जना निको

दाङ २३ मंसिर ।

पछिल्लो २४ घण्टामा देशभर थप २११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोही अवधिमा ३२९ जना निको भएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २२ घण्टामा ९ हजार ४५१ जनाको नमुना परीक्षण भएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको समेत संक्रमणबाट मृत्यु भएको छ । हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् ।