लघुकथा : खेल

वसन्त अनुभव

साँझको समय थियोे। ऊ जुवाको खालबाट रंगेहात पक्राउ प¥यो । ऊसँगै उसका दुईजना साथीहरू पनि पक्राउ परे । ‘खाली साथीभाई बसेर रमाइलो मात्र गरेको हो सर। म पेशेवर जुवाडे होइन ।’ उसले भन्यो ।

‘म त खाली हेरेर रमाइलो गर्न मात्र गएको थिएँ।’ दोस्रो साथीले भन्यो ।

मलाई त यसले जबर्जस्ति लगेको हो सर। मलाई खेल्नै आउदैन ।’ तेस्रो साथीले आरोप थोपर्यो । ‘चुप लाग ! पाजीहरू हो । हाम्रो लागि यो कुनै नौलो कुरा होइन। पक्राउ परेपछि हरेक जुवाडेले बोल्ने घिसिपिटी ‘डायलग’ नै यहीँ हो ।’ सिनियर प्रहरीले हपार्यो ।

 

प्रहरीले सिधै लगेर चौकीको खोरमा हाल्यो । रातको समय जाडो निकै थियो । प्रहरीले खोरको ढोका खोलेर भित्र छि¥यो । उसको हातमा डन्डा थियो । त्यो देखेर ऊ लगायत सम्पूर्ण थुनुवा डरले काँपे ।


‘माफ गर्नोस् सर । गल्ती भयो। आइन्दा कहिले तास छुने पनि छैनौं ।’ सबैले हात जोर्दै भने ।

‘हत्तेरी! नडराओ न केटा हो । साह्रै निद्रा लागेर ड्युटी गर्नै गाह्रो भयो। त्यसैले एक÷दुई हाता म्यारिज खेल खेलौं हुन्न ।’ डन्डा भुइँमा राखेर पकेटबाट तास निकाल्दै प्रहरीले भन्यो ।

(लेखक घोराही–१४ दाङ निवासी हुन् ।)  साभार : अग्रिम साप्ताहिक

May be an image of 5 people and text