
तुलसीपुर, २१ जेठ । रोल्पाको माडी गाउँपालिका–०२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
अस्थायी नम्बर प्लेट एमएच १४ टीसीजे ४७१ भएको बोलेरो सडकबाट करिब ५००–६०० मिटर तल खसेर दुर्घटना भएको हो ।
घटनास्थलमा हाल नाम, थर र वतन नखुलेका २ पुरुष र १ महिलाको शव फेला परेको छ ।
जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त गाडी दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा थप अनुसन्धान कार्य गरिरहेको छ ।



लाइभदाङ । २१ जेष्ठ २०८३, बिहीबार १०:३९ बजे