लुम्बिनीमा मन्त्रीपरिषद पुनर्गठनः पाँच मन्त्री नियुक्त

दाङ,२० जेठ।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका हुन्। पुनर्गठित मन्त्रिपरिषद्‌मा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्रीलाई समावेश गरिएको छ।

नयाँ जिम्मेवारीअनुसार एमालेका तुलसीप्रसाद चौधरी लाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरे लाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्री लाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाल लाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।


यस्तै जसपाका भण्डारीलाल अहिर लाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरे ले जानकारी दिए।

यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवाल ले सम्हाल्दै आएका थिए। अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण जेठ २५ गते सोमबारका लागि तय गरिएको छ।