दाजुको फुला सेलाउन गएका भाइ नारायणी नदीमा बगेर बेपत्ता

तुलसीपुर, १९ साउन ।
दाजुको फुला सेलाउन गएका भाई नारायणी नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हेमनगर निवासी ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् ।

भुसाल आफ्नो मामाको छोरा रेमन्त बस्नेतको अन्तिम दाहासंस्कार पश्चात बिहीबार मोक्ष प्राप्तिका लागि देवघाटमा फुला सेलाउन गएका थिए ।


देउघाट पुगेर सबै काम सकेर कपाल फालेर नुहाउने क्रममा शुक्रबार बिहान भुसाल वेपत्ता भएको भन्ने जानकारी आएको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुशीराम चौधरीले जानकारी दिए ।

बेपत्ता भुसालको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।